१४ बैशाख २०८१, शुक्रबार
Header

विवरण नबुझाउने सहकारीलाई काठमाडौं महानगरले कर्वाही गर्ने


प्रकाशित: सोमबार, ६ फागुन २०७५, २०ः०० बजे 
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सहकारीले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई कार्वाही गर्ने जनाएको छ ।


महानगरले विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने समेत जनाएको छ । 


कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालले विवरण नबुझाउने सहकरीलाई कारवाही गर्ने बताएको हो । 


प्रमुख ढकालले आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयर सदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा सो कुरा बताएको हो ।

 
११ वर्षअघि स्थापना भएको निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लिले समाजमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी समाजकै हितमा परिचालन गर्दै आएको छ । 


संस्थाका सचिव रमेश पोखरेलले सहककारी सदस्यलाई समय समयमा यस किसिमको तालिम दिनु पर्नेमा जोड दिएका थिए । 


कामपाअन्तर्गत अहिले एक हजार ८५६ सहकारी भए पनि ४८० सहकारीले मात्र विवरण बुझाएका छन ।


कामपाले आफ्ना मातहतका सहकारीको सञ्चालनका लागि ‘सहकारी ऐन २०७४’ जारी गरेको छ । 


संस्थाका अध्यक्ष झपटबहादुर बोहराले सहकारी संस्थाको दायित्व नाफामात्र नभई नागरिकको सेवालाई दृष्टिगत गरी काम गर्नुपर्ने बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD