२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

विराटनगर भन्सारद्वारा चालु आवको तीन महिनामा १० अर्ब ५ करोड राजस्वव संकलन


प्रकाशित: मंगलवार, २७ कात्तिक २०७५, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीना साउन, भाद्र र असोजमा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । 


सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६९ करोड ५८ लाख १२ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिए । 


सङ्कलित राजश्वमा भन्सार महशुल रु चार अर्ब १३ करोड ५८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार छन । 


चालू आवको साउन, भदौ र असोज महीनामा भन्सार महशुल रु चार अर्ब दुई करोड ७६ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर रु तीन अर्ब ९६ करोड सात लाख ५८ हजार र अन्तःशुल्क रु एक अर्ब ३६ करोड ८५ लाख ६७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा भन्सार महशुल रु चार अर्ब १३ करोड ६८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख अधिकारीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex