काठमाडौं । प्रदेश १ को प्रदेश राजधानी विराटनगर राख्ने निर्णयसँगै गरिएको प्रदेश संरचनारु प्रति असुन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् ।
विराटनगर अनिश्चिकालि बन्दको घोषणा गरेपछि जनजीवन प्रभावित बनेको छ । छोटा तथा लामा दुरीका गाडीहरु बन्द भएका भने बजार पनि बन्द देखिएको छ ।
नेकपाको प्रदेश १ संसदीय दलको बैठकले प्रदेश संरचना अन्तर्गत वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो ।
प्रदेश संरचनालाई विरोधमा उत्रेकाहरुले संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने माग राखेका छन ।
गठित शान्ति पूर्ण दबाव समितिमा कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायीहरु छन् ।
Categorized in समाज