७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

विराटनगर किंग्सको कीर्तिमानी २२० रन, पोखरा एजेभन्जर्स दबाबमा


प्रकाशित: मंगलवार, २ मंसिर २०८२, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एजेभन्जर्सविरुद्ध कीर्तिमानी प्रदर्शन गर्दै ६ विकेटको क्षतिमा २२० रनको विशाल योगफल खडा गरेको छ ।


यो स्कोर एनपिएल इतिहासकै सर्वाधिक टीम स्कोर बनेको छ ।


अघिल्लो सिजन विराटनगरले लुम्बिनी लायन्सविरुद्ध १९३ रन जोडेको थियो, तर यसपटक टोलीले आफ्नै रेकर्ड तोड्दै २२० रनको उच्च स्कोर बनायो ।

 
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पोखराले फिल्डिङ रोजेपछि विराटनगरका ओपनर लोकेश बम र मार्टिन गप्टिलले आक्रामक सुरुवात गरे। दुईबीच दोस्रो विकेटका लागि १३२ रनको महत्वपूर्ण साझेदारी भयो । 


प्रमुख प्रदर्शन


मार्टिन गप्टिल – ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन


लोकेश बम – ४८ बलमा १ चौका र ७ छक्कासहित ७२ रन


जर्ज मुन्से – १० रन (६ बल, १ चौका, १ छक्का)


बसिर अहमद – १३ बलमा २३ रन (१ चौका, १ छक्का)


शुभम रन्जने – १६ बलमा ३८ रन (३ चौका, २ छक्का)


नारायण जोशी – ३ बलमा नटआउट ११ रन


अन्तिम ओभरमा तेजी पकडेको विराटनगरले रन गति झनै बढाउँदै कीर्तिमानी २२० रन पुर्‍याएको थियो । 


पोखराको बलिङ


मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट निकाले ।


प्रतियोगितामा विराटनगरको उत्कृष्ट प्रदर्शनले शीर्ष स्थानतर्फ उनीहरूलाई थप मजबुत प्रतिस्पर्धी बनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex