काठमाडौं । नेपाल मुस्लिम संघको आयोजनामा बुधवार विराटनगरमा ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ नारासहित मुुस्लिम समुुदायका महिलाले एक ¥याली निकालेका छन ।
दाइजो विरुद्धको १० दिने देशव्यापी अभियानअन्तर्गत निकालिएको ¥याली नगरका धरान रोड, मेन्द्रचोक, ट्राफिक रोड हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि आएर कोणसभामा परिणत भएको थियो ।
मुस्लिम समुदायका महिला तथा युवायुवती सहभागी रहेको ¥यालीमा छोरीलाई पैतृक सम्पत्तिमा अंश देऊलगायत महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
संस्थाका प्रदेश अध्यक्ष मौलाना जुल्फिकार अलीले छोरीलाई दाइजो सट्टा शिक्षा दिई योग्य बनाउनुपर्नेमा जोड दिँदै दाइजोका कारण महिलालाई यातना दिनु मानव सभ्यता विपरीत कार्य रहेको बताए ।
इस्लामी सङ्घको देशव्यापीरुपमा दाइजोविरुद्ध अभियानअन्तर्गत विराटनगरमा जनचेतनामूलक ¥याली निकालिएको समितिका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए ।
Categorized in समाज