१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

विराटनगरमा खुसियाली, धनकुटामा आन्दोलन


प्रकाशित: बुधवार, २५ बैशाख २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रदेश १ को स्थायी राजधानी विराटनगर पारित गरेपछि मंगलवार विराटनगरवासीले दीप प्रज्वनल गरी खुसियाली मनाएका छन । 


प्रदेश सरकारको दुई तिहाई बहुमतले विराटनगरलाई स्थायी राजनीति बनाउने प्रस्ताव पारित गरेपछि विराटनगरवासी हर्षित देखिएका छन ।


तर विराटनगर प्रदेश राजधानी अस्वीकार्य भन्दै धनकुटावासीहरुले भने सडक आन्दोलनको घोषणा गरेका छन । 


धनकुटावासीहरुले आन्दोलनकालाई शसक्त बनाउन बुधबार दिउँसो ३ बजेदेखि एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ ।


मंगलबार उनीहरुले धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि साढे ७ बजेसम्म ब्ल्याक आउट गरिएको थियो ।


उनीहरुले सुन्दरवाबु श्रेष्ठको अध्यक्षतामा धनकुटा प्रादेशिक राजधानी अभियान समिति गठन गरेर आन्दोलन सुरु गरेका छन । 


उनीहरुले अहिले जारी आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने भन्दै संघर्षका कार्यक्रमहरु कडा पार्दै लगिने जनाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex