७ जेठ २०८१, सोमबार
Header

विराटनगरबाट बैंक र सर्वसाधरणको करिब ४२ करोड लिएर सुन व्यापारी फरार


प्रकाशित: सोमबार, २४ मंसिर २०७५, १६ः२२ बजे
- महानगरखबर

काठमाडौं । विराटनगरका एक सुनचाँदी व्यवसायी बैंक र सर्वसाधरणको करिब ४२ करोड लिएर फरार भएको छ । 


विराटनगर महानगरपालिका–७ जलजला चोकमा ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गरिरहेका शिशु भन्ने सन्तोषकुमार बेगवानी बैंक र सर्बसाधरणको करोडौ रुपैयाँ उठाएर परिवारसहित फरार भएका हुन ।


व्यपारी वेगवानीले तीन वटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीको करिब १५ करोड रुपैयाँ ऋण लिएर भारततर्फ लागेका हुन । 


५७ बर्षीय बेगवानीले लक्ष्मी बैंकबाट ८ करोड, ग्लोबल आइएमईबाट ३ करोड र प्राइमबाट करिब १६ करोड रुपैया ऋण लिएका थिए ।


पसलमा धितो राखेको सुन लिएर सञ्चालक भागेपछि पीडित बनेका सर्बसाधरणले प्रहरीले उजुरी गरेपछि वेगवानी फरार रहेको बुुझिएको छ । व्यक्तिगत ऋण र धितो राखेर ऋण लिएका सर्बसाधरण प्रहरीमा उजुरी गर्न पुगेका हुन ।


जिल्ला प्रहरी कार्यालय मोरङमा सर्वसाधरणको उजरी परेपछि प्रहरीले छानविन अगाडी बढाउन थालेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD