८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

विराज महर्जनको नेतृत्वमा २० सदस्यीय राष्ट्रिय फुटवल टोलीको घोषणा


प्रकाशित: सोमबार, ११ भाद्र २०७५, २०ः५९ बजे
- महानगरखबर

काठमाडौँ । सार्क राष्ट्र बंगलादेशमा हुन गईरहेको साफ च्याम्पियनसीप फुटवल प्रतियोगिताको लागि विराज मर्हजनको नेतृत्वमा २० सदस्य राष्ट्रिय फुटवल टोलीको सोमबार घोषणा गरिएको छ । 


सो टिममा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन । 


भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीपको लागि नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिएका थिए । सो प्रशिक्षणमा २९ जना खेलाडीहरु सहभागी रहेका थिए । 


च्याम्पियनसीपको समूह ‘ए’ मा नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन । नेपालले भदौ १९ मा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex