काठमाडौं । राजधानी जारी चौथो विमस्टेक सम्मलेन आज(शुक्रबार) सम्पन्न भएको छ ।
सम्मेलनले १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै दुई दिने सो सम्मेलन सम्पन्न गरेको हो । सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमेष्टेकको सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने बनाउने बताएका छन् ।
बिमस्टेकको सम्मेलनको समापन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो क्षमता अनुसार नेपालले सम्मेलन आयोजना गरेको उल्लेख गरेका थिए ।
सो घोषणपत्रमा बिमस्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति बनाउने उल्लेख गरिएको छ ।
काठमाडौं घोषणापत्रमा उर्जा, कृषी, प्रविधि लगायत विषयमा उल्लेखिय सम्झौता भएको जनाएको छ ।
बिमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् ।
Categorized in राष्ट्रिय