१३ भाद्र २०८३, शनिबार
Header

विमेस्टेक सदस्य राष्ट्रका सैनिकविच संयुक्त सैन्य अभ्यास हुने


प्रकाशित: शनिबार, १६ भाद्र २०७५, १९ः३३ बजे
- महानगरखबर

काठमाडौँ । बंगाल खाडीको प्रयास (बिमेस्टेक) सदस्य राष्ट्रका सैनिकबिच भाद्र २५ गते संयुक्त सैन्य अभ्यास हुने भएको छ । 


साताव्यापी हुने सैन्य अभ्यास भाद्र ३१ गते सम्म भारतको पुनामा हुने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले बताएका छन । उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता हुनेछ । 


सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने छ । 


उक्त अभ्यासको निरीक्षण गर्न सदस्य राष्ट्रका सेना प्रमुखसमेत पुना पुग्ने कार्यक्रम रहेको बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex