७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विमान दुर्घट्नाः क्याप्टेन शाक्यको उद्दारपछि उपचार हुँदै, जाहाजमा १९ जना, केहीका शव निकालियो


प्रकाशित: बुधवार, ९ साउन २०८१, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन विमानस्थाल नजिकै सौर्य एयरलाइन्सको जाहाज दुर्घट्नामा परेको छ । 


बुधवार विहान ११ बजेर ११ मिनेनमा सौर्यको ९ एन–एएमईरसीआरजे २०० कलसाइनको जहाज दुर्घट्नमा परको हो ।

 
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको हो । 


दुर्घटनापछि अहिले उद्धार जारी रहेको प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म नियन्त्रकहरूले केही संख्यामा शव निकालेका छन । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।


उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको थियो । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

 
जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो।


सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत ९सी–चेक०का लागि पोखरा जाने क्रममा थियो ।


दुर्घट्नाको विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex