७ भाद्र २०८३, आइतबार
Header

विमानस्थल छेउछाउ चंगा उडाए प्रहरीले समात्ने !


प्रकाशित: विहिवार, ११ असोज २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । दशैँमा चंगा उडाउनेको होडवाजी चल्ने गर्दछ तर यस बर्षदेखि विमानस्थल छेउछेउ चंगा उडाए प्रहरीले समात्ने भएको छ ।


नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सुचना जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरीका अन्य आन्तरिक विमानस्थलहरुको उडान तथा अवतरणको सुरक्षामा ध्यान दिँदै चंगा उडाउन प्रतिबन्ध लगाएको हो ।

 
प्रधिकरणले सुचना जारी गरे अनुसार चंगाबाट उडान जो कसैले जवरजस्ती गरेमा प्रचलित कानूनअनुसार कडाभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 


सुरक्षामा गम्भीर असर पर्ने भन्दै यस्तो कार्य नगर्न प्राधिकरणले आग्रह गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex