काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल विद्यार्थी संगठनले शनिवार त्रिभुवन विमानस्थलमा कोलो झण्डा देखाएको छ ।
विश्व आर्थिक मञ्चको ४९ बैठकमा भाग लिई स्वदेश फर्केका प्रधानमन्त्री ओलीलाई नेविसंघले पारित राष्ट्रिय चिकित्सा विधेयक, पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोईराला र शुशिल कोईरालाको नामको अस्पताल विघटन गर्न खोजेको भन्दै विरोध स्वरुप कालो झण्डा देखाएको हो ।
सो क्रममा प्रहरीले नेविसंघका केन्द्रिय सदस्य सुशील भट्ट, निरन्जन थापा, सुवास घिमिरे, सुदीप अधिकारलागायतलाई पक्राउ गरेको छ ।
नेविसंघले पछिल्लो समय सरकरको कामर्वाही प्रति असन्तोष गर्र्दै विभिन्न विरोध कार्यक्रमहरु गर्दै आएको छ ।
Categorized in समाज