२० बैशाख २०८१, बिहिबार
Header

विमानस्थलमा करिब ९५ लाख बढि रुपिपयाँसहित २ पाकिस्तानी नागरिक पक्राउ


प्रकाशित: विहिवार, ३ फागुन २०८०, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट झण्डै १ करोड रुपियाँ बराबरको विदेशी मुद्रासहित २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन । 


प्रहरीका अनुसार हिजो (बुधबार) बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका उनीहरुलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।


पक्राउ पर्नेमा ३१ वषीर्य यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा) सहित समातिएको छ । विमानस्थलको आगमन गेटमा शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट डेनिस क्रोन ५ लाख बरामद भएको थियो ।


उक्त रकम नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने प्रहरीको भनाइ छ । विहिवार उनीहरुलाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD