४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विमानस्थलबाट १९ हजार ७ सय अमेरिकी डलरसहित एक पक्राउ


प्रकाशित: विहिवार, १७ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुुवन अन्तराष्ट्रिय विमानस्थलबाट १९ हजार ७ सय अमेरिकी डलरसहित एक इजरायली नागरिक पक्राउ परेको छ ।

 
पक्राउ पर्नेमा इजरायली नागरिक ३१ वर्षीय सही वेन मोहा रहेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार उनी थाइ लायन एयरको उडान नं. एसएल २२१ मार्फत काठमाडौंबाट थाइल्याण्ड जान लागेका थिए । 


एक्स रे मेसिनमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट अवैध डलर भेटाएको थियो । 


वरामद गरिएको सो रकम विहिवारको राष्ट्रिय बैंकको खरिद दर अनुसार २२ लाख ३५ हजार ९ सय ५० रुपियाँ बराबरको रकम हो । 


प्रहरीले आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि हरिहरभवन लगिएको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex