१७ बैशाख २०८१, सोमबार
Header

विमानस्थलबाट १६ थान सुनको प्याकेट सहित भुटानी नागरिक पक्राउ


प्रकाशित: मंगलबार, १२ भाद्र २०७५, २०ः०७ बजे
- महानगरखबर

काठमाडौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५७.३२ ग्रामको सुनको १६ थान सुनको प्याकेटसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । 


भुटानतर्फ जान लागेका राहदानी नम्बर जि १०२१८३ वाहक भुटानी नागरिक टिसेरिंग न्यामगेललाई भन्सार छली अवैध रुपमा लैजान लागेको सुनसहित पक्राउ गरेको हो । 


विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा भन्सार छली अवैध रुपमा लैजान लागेको अवस्थामा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो । 


उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरीले विमानस्थल भन्सार कार्यालय,गौचर पठाएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD