७ जेठ २०८१, सोमबार
Header

विमानस्थलबाट सुनको सिक्री सहित ३ पक्राउ


प्रकाशित: विहिवार, २९ कात्तिक २०७५, १९ः२० बजे
- महानगरखबर

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध रुपमा लैजान लागेको करिब २ सय ९९ ग्रामको सुनको सिक्री सहित बझाङ बुङगल नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश बोहोरा समेत ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 


विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD