१७ बैशाख २०८१, सोमबार
Header

विमानस्थलबाट सुनको बालासहित २ पक्राउ


प्रकाशित: बुधबार, ३० साउन २०७५, १३ः२५ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलबाट कर छलि ल्याउन लागेको अबैध सुनको बालासहित २ जनलाई पक्राउ गरेको छ । 


बिमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेका २ जनालाई २ सय ४९ ग्राम सुनका बाला सहित मंगलबार पक्राउ गरेको हो । 


पक्राउ पर्नेहरुमा सिरहा कल्याणपुर नगरपालिका– ३ बस्ने सन्तोष कुमार चौधरी र सिरहा अर्नमा गाउँपालिका–५ घर भएका रामबृक्ष यादव रहेका छन । 


चौधरीलाई १ सय ४९ ग्रामको ३ थान बाला सहित र यादवलाई १ सय ग्रामको २ थान बाला सहित प्रहरीले पक्राउ गरेको हो । 


उनीहरुलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भंसार कार्यालय गौचरमा पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD