२४ बैशाख २०८१, सोमबार
Header

विमानस्थलबाट भन्सार छली ल्याएको सुनका गहनाहरु सहित २ पक्राउ


प्रकाशित: मंगलबार, १ साउन २०७५, १९ः१३ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार छली ल्याएका सुनका गहनासहित २ जनालाई पक्राउ गरेको छ ।

 
पक्राउ पर्नेहरुमा धनुषा शहिदनगर नगरपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने ५० वर्षीय  मुनिलाल भन्ने राम सुगारत यादब र काभ्रे धुलिखेल नगरपालिका–४ घर भई हाल बौद्ध बस्ने ३२ वर्षीय पाल्देन लामा रहेका छन् ।

 
काठमाडौं महानगरपालिका–९ तिलगंगा बागमती पुल स्थित सडक खण्डबाट ४ लाख ८७ हजार ९ सय ४५ रुपैयाँ बराबरको ९९.५ ग्राम अबैध सुनको चुरा २ थान सहित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो भने लामालाई असार ३० गते काठमाडौं महानगरपालिका–९ शम्भुमार्ग स्थित सडक खण्डबाट करीव ४ लाख ८८ हजार रुपैयाँ बराबरको १ सय ग्राम सुनको चुरा २ थान सहित पक्राउ गरेको थियो । 


बैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी विमानस्थलबाट सुन तस्करी गर्ने गरेको छ । 


उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा पठाएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD