६ जेठ २०८१, आइतबार
Header

विमानस्थलबाट फेरि सुन तस्करी


प्रकाशित: शुक्रबार, १५ असार २०७५, १६ः२७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धान चलिरहेको बेला फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी भएको समाचार छ ।


महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले विमानस्थलको भन्सार छलेर ल्याएको १ सय ग्राम सुन सहित चितवनका पूर्णवहादुर गुरुङलाई समातेको छ ।

 
जितवनको गौंडा–१ घर भइ हाल काठमाडौंको मण्डिखाटार बस्ने ४३ वर्षीय गुरुङलाई प्रहरीले चाबहिलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 
उनको साथबाट ४ वटा ल्यापटप बरामद भएको छ ।

 
यसअघि प्रहरीले वीरगञ्जबाट पनि एक किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD