काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट करिब चार किलो सुन सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका तीन जना महिला र एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एसएसपी शेखर खनालका अनुसार पक्राउ पर्नेमा उज्बेकिस्तानका ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमेदा र ५४ वर्षीया मारिफालिभा दिलफुजा र ४१ वर्षीय पुरुष तुरसुनोभ सारदोर हुन ।
चेकजाँचका क्रममा उनीहरूले मलद्वारमा सुन लुकाएर ल्याएका र उनीहरुको साथबाट तीन किलो ७४५ ग्राम सुन बरामद भएको हो ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरू सबैलाई अनुसन्धानका लागि भन्सार कार्यालय सिनामंगल पठाएको छ ।
27 Ferbury 2025, Thursday
Categorized in समाज