काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
अनलाईनखवरमा प्रकाशित समाचार अनुसार संखुवासभाको टोली चैनपुर–४, मैदानेमा विप्लव समूह र प्रहरीविच गोली हानाहान भएको हो ।
विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेपछि प्रहरीले दर्जनबढी गोली चलाएको छ । मैदानेको एक घरमा विप्लव समूहका कार्यकर्ता बसेको खवर पाएपछि प्रहरी त्यसतर्फ लागेको थियो ।
गोली फायरिङ भएपछि विप्लव समूहका ३ जना जंगलतिर भागेका छन भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका छन ।
Categorized in राष्ट्रिय