२ भाद्र २०८३, मंगलबार
Header

विप्लव माओवादी बन्दको कारण ५ जिल्लाको जनजीवन प्रभावित


प्रकाशित: विहिवार, २३ फागुन २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले विहिवार राप्ती जिल्ला बन्दले जनजीवन प्रभावित बनेको छ । 


बन्दका कारण राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्लाको जनजीवन प्रभावित भएको छ । 


राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवासद्वारा जारी प्रेस विज्ञप्तिमा प्रहरी प्रशासनले आफ्ना नेता÷कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दको घोषणा गरेको हो । 


बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेको प्रहरीले बताएका छन । 


बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थीहरु बन्दका कारण फर्किएका छन । 


प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ । 


यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex