१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

विप्लव माओवादीका बुद्धिजीवी परिषद इञ्चार्ज धनराज पक्राउ


प्रकाशित: सोमबार, ११ चैत्र २०७५, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी बुद्विजीवी परिषद भेरी– कर्णाली इञ्चार्ज धनराज शाहीलाई कालिकोट प्रहरीले पक्राउ गरेको छ ।


कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।


शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख पनि हुन । 


प्रहरीले शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद भएको जनाएको छ । 


सरकारले विप्लव माओवादीलाई प्रतिबन्द गरेपछि  माओवादी नेता तथा कार्यकर्ताहरुको धरपक्कडमा लागेको छ । 


यस अघि विप्लवनिकट जन पत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरिसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex