ललितपुर । ललितपुरको पाटन मंगलबजारमा आयोजित प्रथम वि.पि. स्मृति खुला राष्ट्रिय उसु सान्दा प्रतियोगिता – २०८१ सम्पन्न भएको छ ।
मंगलवार र बुधवार आयोजित सो प्रतियोगिताको खेलामा टिम च्याम्पियन सशस्त्र प्रहरी टिम घोषित भएका छन ।
प्रतियोगितामा दोस्रो नेपाल प्रहरी र तेस्रो नेपाली सेना भएको आयोजक ललितपुर उसु संघले जानकारी दिए ।
संघका अनुसार बिजेता सबै खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका बागमति प्रदेश सभपाति तथा प्रदेश सभा सभासद इन्द्रबहादुर बानियाँले पुस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।
सो अवसरमा टिम च्याम्पिन (प्रथम)लाई ५० हजार नगद र ट्रफी, दोस्रोलाई ३५ हजार र तेस्रोलाई १५ हजार प्रदान गरिएको थियो ।
त्यसैगरी प्रतियोगितमा प्रथम हुने प्रत्येक खेलाडाीलाई १० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो ५ हजार र तेस्रो २ हजार ५०० रुपियाँ प्रदान गरिएको थियो ।
पुुरुषतर्फ उत्कृष्ट खेलाडी सशस्त्र प्रहरीका ६५ केजी समुहका रोहित चुनारो र महिलातर्फ नेपाल प्रहरीकी रिता ठकूल्ला बनिन ।
प्रतियोगितको आयोजक ललितुुर उसु संघका अध्यक्ष पञ्चराम महर्जनले प्रमुख अतिथी बाँनियालाई मायाँको चिनो प्रदान गरेका थिए ।
यस कार्यक्रमका परिकल्पनाकार बागमती प्रदेशसभा सभासद मिनकृष्ण महर्जनले पनि खेलाडीहरुलाई सम्मानसहित धन्यावाद थिए ।
कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष विनोद महर्जन, खेलजगतका वरिष्ठ खेलाडी, स्थानीय संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहको थियो ।
कार्यक्रमको पहिलो दिनका प्रमुख अथिति नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधान तथा रक्षमन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गरेका थिए ।
Categorized in मनोरन्जन