२४ बैशाख २०८१, सोमबार
Header

विपिन जोशी हमासको कब्जामाः इजरायल


प्रकाशित: विहिवार, १६ कातिक २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ । 


जोशी हमासको कब्जामा रहेको इजरायलको प्रधानमन्त्री कार्यालयले रहेको पुष्टि गरेको हो । 


इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका र उनी अक्टोबर ७ देखि बेपत्ता छन । 


प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । 


थाइल्यान्ड, अर्जेन्टिना, जर्मनी, अमेरिकाका, फ्रान्स र रसियाका नागरिकहरुको हमासको बन्धकमा रहेका छन । 


त्यसैगरी, हंगेरी, पोल्यान्ड, पोर्चुगल, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायत, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका नगारिकहरु पनि बन्धक छन । 


बन्धकमध्ये ५ जनालाई हमासले मुक्त गरेको छ । गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले छाडिदिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD