६ जेठ २०८१, आइतबार
Header

विपिन जोशीको उद्धारको माग गर्दै बसन्तपुरमा युवाको प्रदर्शन


प्रकाशित: मंगलवार, ५ मंसिर २०८०, २०ः१८ बजे
- महानगरखबर

काठमाडौं । हमासको कब्जामा रहेका विपिन जोशीको खोजी तथा उद्धारको मागको गर्दै बसन्तुुरमा युवाहरुले प्रदर्शन गरेका छन । 


मंगलवार साँझ वसन्तपुरको महादेव पार्वती डवलीमा प्लेकार्ड सहित युवाहरु प्रदर्शनमा उत्रेका हुन । 


उनीहरुले इजरायल–हमास युद्धमा मारिएका विद्यार्थीहरुको परिवारलाई क्षतिपूर्ति र आजिवन राहतको व्यस्थाको माग गरेका छन । 


त्यसैगरी, रेस्क्यू विपिन जोशी, हामी युवाहरु कहिले सम्म विदेशिनु पर्ने लगायतका प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए । 


हमास आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुले ज्यान गुुमाएका थिए भने सरकारले इजारयलमा रहेको विद्यार्थीहरुको उद्धार गरेको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD