८ बैशाख २०८१, शनिबार
Header

विद्युत सर्ट हुँदा बालाजुको जुत्ता कारखानामा आगलागी


प्रकाशित: बुधवार, २५ साउन २०७९, १७ः०० बजे 
- महानगरखबर

काठमाडौँ । बालाजुको वान वल्र्ड जुत्ता कारखानामा बुधवार दिउँसो भिषण आगालागी भएको छ । 


काठमाडौं महानगरपालिका–१६ स्थित सो कारखानामा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । 


प्रहरीका अनुसार कामदारहरुका अनुसार जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको थियो ।


आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ, यकिन कति क्ष्क्षति भएको अनुसन्धानपछि थाहा हुने प्रहरीको भनाई छ । 


काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वल्र्ड जुत्ता कारखाना जलेको र करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताए ।


कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएका छन् । अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD