८ बैशाख २०८१, शनिबार
Header

विद्युत प्राधिकरणसहित १७ वटा संस्थालाई दश दिनभित्र कर बुझाउन महानगरको अल्टिमेटम


प्रकाशित: मंगलवार, २१ भाद्र २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय नाँच घर जमलसहित १७ वटा संस्थालाई दश दिनभित्र सम्पती कर बझाउन अल्टिमेटम दिएको छ । 


महानगरपालिकाको राजस्व विभागले मंगलबार एक सुचना जारी गरी कर बुझाउन पत्राचार गरिएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले बताएका छन । 


महानगरले पटकरपटक ताकेता गर्दा पनि कर नबुझाएकोले कर बुुझाउन १० दिन अल्मिेटम दिएको हो । 


महानगरले खाद्य संस्थान, थापाथली, हाइट फिल स्कूल–नयाँबजार, रञ्जना ट्रेड सेन्टरन्युरोड, साझा भण्डार–भोटाहिटी, राष्ट्रिय नाचघर–जमललाई पत्र काटेको हो ।  


त्यसैगरी चेम्बर अफ कमर्स–जमल, कर्मचारी सञ्चय कोष–ठमेल, नेपाल विद्युत प्राधिकरण– रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड–सिंहदरबार, नेपाली जामे मस्जिद–बागबजार, कृषि सामग्री संस्थान–टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल–स्वयम्भू, आरबि कम्प्लेक्स–न्युरोड, काठमाडौं प्लाजा–पुतलीसडक, नेपाल सेयर मार्केट–पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज–सामाखुसीलाई पनि पत्र लेखेको हो ।


यी संस्थाले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD