काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बत्तिको बिल भुक्तानी नगर्ने ग्राहकको धमाधम लाईन काट्न थालेको छ ।
प्राधिकरणको पुल्चोक वितरण केन्द्रबाट गएको टोलीले मंसिर २ गते ११ जना र ३ गते ६ जना गरि १७ जना ग्राहकको लाइन काटेको थियो । उनीहरु मध्ये ६ जना ग्राहकले बक्यौंता रकम ८ लाख ३४ हजार ६६५ रुपैयाँ तिरेर लाइन जोडेको प्राधिकरणले जनाएको छ ।
बिजुलीको बिल तिरेर लाइन जोड्ने ग्राहकहरुमा बालकुमारी प्लास्टिक उद्योगले एक लाख ९३ हजार ४५० रुपैयाँ, कोका न्यु बिल्डिङ म्याटेरियल्सले ४९ हजार रुपैयाँ, अपाङ्ग सेवा संघले ५५ हजार ८६० रुपैयाँ र फर्मा प्याक प्रालीले पाँच लाख १९ हजार १०५ रुपैयाँ बक्यौंता तिरेर लाइन जोडेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको टोलीले एक लाख १३ हजार रुपैयाँ बक्यौंता नतिरेको पिंक साल्ट प्राली, ४० हजार रुपैयाँ बक्यौंता नतिरेको एमजी हाउजिङको पनि लाइन काटेको छ । अन्य व्यक्ति समेत गरेर १७ जनाको लाइन काटिएकोमा ६ जनाले मात्रै बक्यौंता तिरेर लाइन जोडेका छन् ।
Categorized in प्रबिधि