५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

विद्युत प्राधिकरणमा जागिर, एक हजार बढी कर्मचारी माग


प्रकाशित: शुक्रवार, ५ पुस २०८१, १३ः४० बजे 
- महानगरखवर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक हजारभन्दा बढी कर्मचारी माग आव्हान गरेको छ ।


प्राधिकरणले शुक्रवार अधिकृतदेखि सुपरभाइजरसम्मका लागि कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो । 


अधिकृतस्तरमा प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृतदेखि जियोलोजिस्टसम्म १९५ जनाका लागि दरखास्त आह्वान भएको छ। 


त्यस्तै सहायकस्तरमा मिटररिडिङ सुपरभाइजरका लागि ४१ जना र ३४ जना लेखापाल मागिएको छ ।


इलेक्ट्रिकल सुपरभाइजरका लागि ७४० जनाका लागि दरखास्त आह्वान गरिएको छ । जसमध्ये कोशी प्रदेशा १४० जना, मधेसमा ९५, बागमती १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना मागेको छ ।


त्यस्तै १९ जना मेकानिकल सुपरभाइजर २ जना सर्भे सुपरभाइजर र एकजना सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर मागिएको छ ।


इच्छुक र योग्यता पुग्ने नेपाली नागरिकहरूले पुस २५ गते अन्तिम दिन दरखास्त दिने सक्नेछ तथा दोव्वर दस्तुर तिरी माघ ३ गतेसम्म पनि दरखास्त दिन सक्नेछन ।


कर्मचारी माग विवरण यहाँ क्लिक गरेर हर्न सकिन्छ 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex