६ जेठ २०८१, आइतबार
Header

विद्युत प्राधिकरणमा जागिरको अवसर, ४ सय कर्मचारी माग


प्रकाशित: शुक्रवार, २४ कातिक २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा जागिरका लागि माग गरेको छ । 


शुक्रवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी  झन्डै ४ सय कर्मचारी मागेको छ । 


प्राधिकरणले तेस्रो तह देखि दसौं तहसम्म  प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ ।


त्यसैगरी, ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा आवेदन माग गरेको हो । 


प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।


मंसिर  १४ गतेसम्म दरखास्त दिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD