काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको जनाएको छ ।
प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ भने विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ ।
२०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा रहेको छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड नाफा आर्जन गरेको थियो ।
गत साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ भनेभारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
यस अघिको आर्थिक बर्षहरुमा प्राधिकरणको नाफाहरुः
आ.व. २०७३/०७४ मा १ अर्ब ५० करोड, ०७४/०७५ मा ३ अर्ब ४४ करोड, ०७५/०७६ मा ९ अर्ब ८१ करोड, ०७६/०७७ मा ११ अर्ब ७५ करोड, ०७७/०७८ मा ६ अर्ब ९ करोड, ०७८/०७९ मा १३ अर्ब ३७ करोड, ०७९/०८० मा ९ अर्ब ४१ करोड, ०८०/०८१ मा १४ अर्ब ४६ करोड नाफा आर्जन गरेको थियो ।
Categorized in बजार