६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त


प्रकाशित: मंगलवार, २७ माघ २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।


सोमबार बसेको मन्त्रीपरिषद बैठकले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सिफारिसमा प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । 


सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार मन्त्रीपरिषद्का निर्णय सुनाउने क्रममा सो जानकारी दिएको हो । यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए ।


उनको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशक तोकिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex