१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

विद्युतीय बसको लागि उपत्यका ७ स्थानमा चार्जिङ स्टेशन, परिक्षणको लागि साझा यातायात परिसर


प्रकाशित: बुधवार, २ माघ २०७५, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । सरककारले उपत्यकामा विद्युतीय बस सञ्चलानको तयारी सुरु गरेको छ । 


वातावरण विभागले उपत्यकाको ७ स्थानमा चार्जिङ स्टेशन राख्ने बारे बुधबार छलफल चलाएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।


पहिलो चरणमा परीक्षणमा रुपमा साझा यातायातको पुल्चोकस्थित कार्यालय परिसरमा चार्जिङ स्टेशन राख्न लागिएको महानिर्देशक अधिकारीले बताए । 


विभागका अनुसार चार्जिङ स्टेशन राख्न ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । विभागले नेपाल विद्युत प्राधिकरण र सरोकारवाला निकायसँग समन्वय गर्दै उपत्यकामा उपयुक्त ठाँउ हेरेर स्टेशन बनाउँदै जाने जनाएको छ ।


अटोमोबाइल व्यवसायी, नेपाल विद्युत प्राधिकरण, वातावरणविद्, साझा यातायात, सुन्दर यातायात लगायतका प्रतिनिधी सहभागी भएको सो छलफलमा वातावरणविद् भुषण तुलाधरले इलेक्ट्रिक भेहिकल भित्रिएको आधारमा चार्जिङ स्टेशन राख्दा उपयुक्त हुने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex