१४ बैशाख २०८१, शुक्रबार
Header

विद्यासुन्दर शाक्य काठमाडौंको २ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस


प्रकाशित: शनिवार, १८ भाद्र २०७९, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पूर्व प्रमुख तथा एमाले केन्द्रिय सदस्य विद्यासुन्दर शाक्यको नाम २ वटा क्षेत्रबाट सिफारिस गरिएको छ ।


आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं क्षेत्र नं. ९ र ७ बाट शाक्यलाई उम्मेदवारको लागि सिफरिस गरिएको हो । 


क्षेत्र नं. ९ एमालेका कृष्णगोपाल श्रेष्ठले निर्वाचन जितेको क्षेत्र हो । यसपालि फेरि श्रेष्ठको नाम पनि उम्मेदवारमा सिफरिस गरिएको छ । 


त्यसैगरी डा. अजय क्रान्ती शाक्यको नाम पनि पठाएको छ ।


क्षेत्र नं. ७ मा शाक्यसँगै एमालेले रघुजी पन्त, ईन्दिरा पन्त, विपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD