५ भाद्र २०८३, शुक्रबार
Header

विद्यासुन्दरलाई दुुई नगरपालिकाको इन्चार्जको जिम्मेवारी, अजय क्रान्तिलाई  विदा


प्रकाशित: शुक्रवार, १ भाद्र २०८०, १८ः३९ बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य काठमाडौंको दुुई नगरपालिको जिम्मेवारी दिएको छ । 


शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्जको जिम्मेवारी दिएको हो ।


एमालेको केन्द्रिय सचिवालयको गत साउन २९ र असार ३० गते बसेको बैठकले गरेको निर्णय अनुसार अन्तरपार्टी निर्देशन– ८ बमोजिम सो जिम्मेवारी दिएको हो ।


यसैगरी, पार्टीका केन्द्रिय सदस्य अजय क्रान्ति शाक्यलाई स्वास्थ्यको कारण हाललाई जिम्मेवारीबाट विदा दिएको हो । शाक्यसँगै जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन), परनसिंह दयाल (बैतडी) लगायतलाई विदा दिएको हो ।

 
एमालले भाद्र १६ देखि असोज २२ गतेसम्म सातै प्रदेशको प्रदेश अधिवेशनको आयोजना समेत गर्ने भएको छ । 


अन्तर पार्टी निर्देशन ८ अनुसार अबदेखि एमालेले पार्टीका कार्यक्रमहरुमा अग्रज तीन नेता बाहेक अध्यक्षको मात्र फोटो प्रयोग गर्न निर्देशन दिएको छ । व्याज, माला, खादाको अनावश्यक प्रयोग नगर्न र भड्किलो नबनाउन समेत अपानिमा निर्देशित गरिएको छ ।


एमालेले चुनावका बेला बागी विद्रोही भई कारबाहीमा परेका नेताहरुले आत्मालोचना गरे सदस्यता नवीकरण गर्ने समेत निर्णय गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex