२० बैशाख २०८१, बिहिबार
Header

विद्यालय बन्द नगर्न बालेनको आग्रह, अबरोध गरे कार्वाही


प्रकाशित: बुधवार, ३ असोज २०८०, १८ः३० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले महानगरभित्रका विद्यालयहरु नियमित सञ्चालन गर्न आग्रह गरेका छन ।


बुधवारबाट काठमाडौंमा भेला भएका देशभरका शिक्षकहरु शिक्षा विधेयकको विरोधमा सडक आन्दोलनमा उत्रेपछि महानगरका विद्यालय पनि प्रभावित हुने भएको छ । 


यस अघिनै महानगरको शिक्षा विभागले एक सुचना जारी गरी महानगरभित्र विद्यालयहरु बन्द नहुने सुचना जारी गरी शिक्षकहरुलाई नियमित पठनपाठन गराउन भनेको छ ।


यसै सन्दर्भमा प्रमुख शाहले भने,‘शिक्षा बिधयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ ।’


आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक रहेको उनले स्मरण गराएका छन । 


‘यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठन मा अबरोध पुराउनेहरुलाइ कानुन (संविधान) अनुसार कारबाही हुने प्रमुख साहले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD