४ भाद्र २०८३, बिहिबार
Header

विद्यालयका कसैमा कोरोना देखिए विद्यालय बन्द गर्न महानगरको अपिल


प्रकाशित: शुक्रवार, ३ बैशाख २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयका कसैमा कोरोना देखिएमा एक हप्ता विद्यालय बन्द गर्न अपिल गरेको छ ।


महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले एक अपिल जारी गरी भनेको छ,‘विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी बैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गर्न गराउनु ।’ 


कोरोना नदेखिएको विद्यालयका हकमा भने अभिभावको सहमितमा विद्यालय सञ्चालन गर्न समेत उक्त अपिलमा अनुरोध गरको छ । 


विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा सावुन–पानीले राम्रोसँग हात धुने सेनेटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न जारी अपिलमा आग्रह गरिएको छ । 


विहिवार महानगरपालिकाको प्रमुखस्तरीय बैठकले सो निर्णय गरी महानगरभित्रका सबै विद्यालयहरुलाई पत्रचार गरेको सुवेदीले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex