८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउँदै एमालेले गरे यी निर्णहरु


प्रकाशित: बुधवार, ७ साउन २०८२, १३ः२१बजे
- महानगरखबर

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउने औपचारिक निर्णय गरेको छ ।

 
मंगलबार मध्यराति सकिएको केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण र राजनीतिक पुनरागमनको सम्भावना पूर्ण रूपमा अस्वीकार गरेको हो । 


बैठकको निर्णयमा भनिएको छ, “नेपालको संविधानले राष्ट्रपतिको भूमिकालाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक र सेनाको परमाधिपतिको रूपमा व्याख्या गरेको छ। यस्तो उच्च गहिरो जिम्मेवारी सम्हालेको व्यक्तिले फेरि दलगत राजनीतिमा फर्कनु संविधानको मर्म, भावना र नैतिक मान्यताविपरीत हुनेछ ।”


एमालेले संविधानको भाग ६ को धारा ६१ र धारा २६७ को उल्लेख गर्दै पूर्वराष्ट्रपतिले कुनै पनि दलमा सदस्यता लिनु, कार्यकर्ता वा नेताको रूपमा संलग्न हुनु अनुचित अभ्यास हुने ठहर गरेको छ । 


बैठकले भण्डारीप्रति “उच्च सम्मान” प्रकट गर्दै पूर्वराष्ट्रपतिकै भूमिका कायम राख्न आग्रह गरेको छ ।


भित्रको मतभेद


बैठकमा सर्वसम्मति भने देखिएन। उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले यस निर्णयमा फरक मत राखे ।


ज्ञवाली र पाण्डेले बैठकमै खुला असहमति जनाए । 


एमालेको यो निर्णयसँगै अब पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा सक्रिय सहभागिता संवैधानिक रूपमा अस्वीकार्य ठहरिनेछ ।

 
तर नेताहरूबीच देखिएको मतभेदले यो विषय आगामी दिनमा अझ बहसको केन्द्रमा रहन सक्ने संकेत दिएको छ ।


थप निर्णहरु हेरौं 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex