२६ बैशाख २०८१, बुधबार
Header

विदेश जानेहरुलाई ३ दिनमै लाइसेन्स दिने


प्रकाशित: बुधवार, ११ पुस २०८०, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । विदेश अध्ययन तथा रोजगारीका लागि जानेहरूलाई तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ ।


यातायात व्यवस्था विभागले बुधवार सुचना जारी सो सुविधा दिने जनाएको हो । विभागले शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूका लागि पनि तीन दिनभित्र लाइसेन्स दिने बताएको छ ।


लाइसेन्स शिघ्र प्रिन्टका लागि पुस १५ गतेदेखि आवेदन दिन सकिने जनाएको छ ।


शिघ्र प्रिन्टका लागि विभागले आफ्नो अनलाइन लाइसेन्स प्रणालीको पोर्टल मार्फत् आवेदन दिन आग्रह गरेको छ।


सचनमा उल्लेख भए अनुसार निवेदन स्वीकृत भएको मितिदेखि तीन दिनभित्र स्मार्ट कार्ड सेवाग्राहीले पाउने छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD