१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित 


प्रकाशित: सोमबार, ४ चैत्र २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । प्रतिनिधिसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ सोमबार पारित गरेको छ । 


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बैठकमा विधेयक पारित गरियोस भनी राखेको सो  प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । 


यसअघि मन्त्री यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफल गरियोस भनी राखेको प्रस्तावलाई सदनले स्वीकृति प्रदान गरेको थियो । 


सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, भरतकुमार शाह र गगनकुमार थापाले पर्याप्त छलफल गरेर अघि बढाउनुपर्ने निकै महत्वपूर्ण विधेयक भए पनि मौलिक हककै झझल्को दिने गरी हतारमा विधेयक ल्याएको विचार राखे । 


उनीहरुले आवश्यक छलफल गर्न दिने पाटोमा सरकार र सदन चुकेको धारणा राख्दै विधेयकमा धेरै कुरा अपुग छन, छुटेका छन । अझै छलफलको आवश्यकता छ भन्ने देखाएको छ, विस्तृत र गहनसँग छलफल गर्न पाएको भए निकै फलदायी बनाउन सकिने भनाई राखे ।


उक्त विधेयकको प्रस्तावनासहित २७ बँुदामा ३२ संशोधन परेको थियो ।


सरकारले राष्ट्रिय अर्थतन्त्रलाई बलियो तुल्याउन तथा स्वदेशी उत्पादनलाई बढाउन विदेशी लगानी आकर्षण गर्ने उद्देश्यका साथ उक्त विधेयक ल्याएको हो । 


उक्त विधेयक पारित भएसँगै आगामी लगानी सम्मेलनमा सरकारका तर्फबाट तयार गर्नुपर्ने आवश्यक कानूनी व्यवस्था बनेको छ । 


प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते दिउँसो १ बजे बस्नेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex