२० बैशाख २०८१, बिहिबार
Header

विदेशी मुद्राको सञ्चिति सात महिनाको लागि प्रयाप्त छः अर्थमन्त्री शर्मा 


प्रकाशित: सोमवार, २८ चैत्र २०७८, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । अथमन्त्री जनार्दन शर्माले सोमबार आर्थिक सुचक सार्वजनिक गरेका छन । 


सोमवार पत्रकार सम्मेलन गरेर मन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन ।


उनले ८ महिनाको आर्थिक सुचक सार्वजनिक गरेका हुन । असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम हुन आएको देखिन्छ । 


उक्त सञ्चिति करिब ६÷७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिएको मन्त्री शर्माको भनाई छ । 


पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दश शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति समेत जनाएका छन । उनले भने यसरी अफवाह फैलाउनु राष्ट्रघात हो । 


उनले भने,‘चुनावका लागि पैसा हुँदैन, वृद्धभत्ता दिन पैसा दिन पुग्दैन भनिएको छ । त्यस्तो कुनै समस्या छैन’ शर्माले भने, ‘सबै अफवाहरुलाई जोडेर श्रीलंका हुन्छ भनिएको छ । श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो ।’


मन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको छानबिन कानुनसम्मत नै भएको पनि बताएका थिए । एक महिनाभित्र सबै कुरा बाहिर आउने जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD