१२ बैशाख २०८१, बुधबार
Header

विदेशी पाहुना आउने क्रम जारी छः उपप्रमुख सुनिता


प्रकाशित: बुधवार, २२ भाद्र २०७९, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रा अवलोकनको लागि विदेशी पाहुना आउने क्रम जारी रहेको बताएकी छिन ।


बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीबार अतिथिहरू आउने क्रम जारी रहने बताइन ।


सो अवसरमा उपप्रमुख सुनिता डंगोलले पनि स्वदेशी तथा विदेशी पाउनहरुलाई स्वागत गरेकी छिन । 


इन्द्रजात्रालाई राष्ट्रिय/अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको उनले बताउँदै भनिन,‘यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो। हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाएका छौँ। भोलिबाट अतिथिहरु आउने क्रम रहनेछ ।’


आज विहान हनुमानढोकामा यःसि (इन्द्रध्यवज) ठडाएपछि इन्द्रजात्रा सुरु भएको छ । भाद्र २४ गते शुक्रवार काठमाडौंमा धुमधामसँग यो जात्रा मनाईन्छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD