१५ चैत्र २०८०, बिहिबार
Header

विदेशी पाहुनाले इन्द्रजात्राको मुक्तकण्ठले प्रसंशा गरे, भिजिट नेपालका लागि निम्तो


प्रकाशित: सोमबार, ३० भाद्र २०७६, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । येँया पुन्हि (ईन्द्रजात्रा) अवलोकनका लागि काठमाडौं आएका विदेशी पाहुनाले इन्द्रजात्रासँगै उपत्यकाको सम्पदाको मुक्तकण्ठले प्रशंसा गरेका छन । 


आईतबार राष्ट्रियसभा गृहमा आयोजित विदाई समारोहमा भुटान, दिल्लीलगायतका नगर प्रमुखले इन्द्रजात्रा अद्भूत, व्यवस्थित र हेर्न लायकको जात्रा भन्दै बयान गरेका थिए । 


भुटानको थिम्पु नगरका प्रमुख किन्लेले थिम्पु र काठमाडौंका बीचमा उस्तै चालचलन र समानता रहेको बताउँदै इन्द्रजात्राको अवलोकनले आफू एकदमै खुसी भएको भनाई व्यक्त गरे । 


त्यसैगरी भारतको उत्तर दिल्ली नगरका प्रमुख सरकार अभतारले इन्द्रजात्रा अवलोकन अनुभव सुनाउँदै कुनै कारणले आपूm जात्रामा आउन नपाएको भए धेरै गुमाउने रहेछु भन्दै इन्द्रजात्राका आयामका नगरवासीसँग कुरा गर्ने र नगरबासीलाई काठमाडौं घुम्न जान आग्रह गर्ने बताए । 


सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटकलाई भ्रमण बर्ष २०२० मा विदेशी नगरका पाहुना र नगरवासीहरुलाई नेपाल आउन निम्तो दिएका छन । 


‘तपाईको नगरबाट घुम्न निस्किने नागरिकलाई हामी उत्कृष्ट गन्तव्य दिन्छौं । हामीसँग उहाँहरुको बसाइ, घुमाइ, सुरक्षालगायतका राम्रा प्रबन्ध छन । म यो सन्देश तपाई (प्रमुखरउपप्रमुखरप्रतिनिधि) मार्फत तपाईका नागरिकसम्म पु¥याउन चाहन्छु,’ मन्त्री भट्टराईले भने ।


पर्यटकलाई निम्तो दिँदै मन्त्री भट्टराईले भने,‘ काठमाडौंमा भएका मूर्त अमूर्त सांस्कृतिक पहिचानले हाम्रा आधारभूत सांस्कृतिक र ऐतिहासिक चिनारी देखाउँछन । यीबाहेक प्राकृतिक, कृषि र पर्वतारोहण पर्यटन, सहासी खेल, पैदल मार्गलगायतका ठाउँमा हामी पाहुनालाई घुमाउन सक्छौं ।’


त्यसैगरी, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाहुनाहरुले उल्लेखिय सहभागिता र रुचिपूर्वक उपत्यका जात्रा, सम्पदा अवलोकन गरेको विशेष धन्यवाद व्यक्त गर्दै भिजिट नेपाल २०२० मा सहभागी हुन निम्तो दिएका थिए । 


नेल पर्यटन बर्ष २०२० का संयोजक सुरज बैद्यले कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘ नेतृत्व गर्ने काठमाडौंले नै हो, महानगरले अझै धेरै यस प्रकार प्रबर्धनका कार्यक्रम ल्याओस भन्ने हाम्रो अपेक्षा हो ।’


महागरको भगिनी सम्बन्ध भएका १५ वटा नगरमध्ये इन्द्रजात्रा अवलोकन गर्न ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर÷उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए ।


 चीनको ल्हासा नगरबाट प्रमुख गुहेओ गुहेआ, चीनकै लाञ्जाउ कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ्, भारतको उत्तर दिल्ली नगरका प्रमुख सरदार अभतार सिंह, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जेसहितका अधिकारी रहेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD