२० आश्विन २०८३, मंगलबार
Header

विदेशमा विद्युत बिक्री गरेर नेपालले पहिलो पल्ट डलरमा आम्दानी गर्दै


प्रकाशित: शुक्रवार, ३० कात्तिक २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपालले बंगालादेशलाई ४० मेगावाट विद्युत विक्री शुक्रवारबाट औपचारिक रुपमा सुुरु गरेको छ । 


नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार  मोहमद फोजुलकबिर खानले भर्चुअल विधिमार्फत् संयुक्त रूपमा स्विच अन गरी विद्युत निर्यात सुरू गरिएको हो । 


नेपालले विद्युत बिक्रीबाट बंगलादेशबाट डलरमा आम्दानी गर्ने भएको हो । यो भनेको पहिलो नेपालले विद्युत बेचेर डलरमा आम्दानी गर्न लागेको हो । 


नेपाल-बंगलादेशबीच विद्युत व्यापार डलरमा हुने भएकोले प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रूपैयाँ ६२ पैसा) पाउने छ ।


यस अघि नेपाल र भारतबीच मात्र विद्युत व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत तेस्रो देशमा विस्तार भएको छ ।


केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाहरूबाट उत्पादित ४० मेगावाट विद्युत सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको छ । 


विद्युत प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेश लाई बिक्री गर्नेछ ।


नेपालमा उत्पादित विद्युत भारत हुँदै बंगालादेश निर्यात गरिनेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत पुग्नेछ ।


त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारणलाइन मार्फत् भारत-बंगलादेशबीच बहरामपुर (भारत)-भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex