काठमाडौँ । विभिन्न पेशा व्यवसाय, रोजागारी वसेका नेपालीहरुलाई आगामी निर्वाचनमा मतदानको अधिकारको व्यवस्था मिलाउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।
सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आईतबार पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी निर्वाचनदेखि सहभागी गराउने आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘विदेशमा रहेका नागरिकहरुलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सिजृना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब शुरु गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनु ।’
अधिवक्ता प्रेमचन्द्र राईले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको छलफलमा सर्वाेच्चले अदालले विदेशमा रहेका सबै नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराई प्रजातन्त्र उपभोग गर्ने वातावरण मिलाउन आदेश भएको हो ।
सो आदेशमा भनिएको छ, मतदानमा भाग लिनका लागि नागरिकले विदेशी नागरिकता भने त्यागेको हुनुपर्ने आदेशमा सर्त राखिएको छ । विदेशमा बसेको भएता पनि नेपाली नागरिकता नत्यागेको र अन्य कुनै पनि देशको नागरिकता नलिएको हुनुपर्ने आदेशमा उल्लेख छ ।
Categorized in समाज