८ बैशाख २०८१, शनिबार
Header

विदेशबाट उत्पादित कुन–कुन बस्तुले पाए एनएस चिन्ह 


प्रकाशित: आईतबार, २० साउन २०७५, १२ः३६ बजे
- महानगरखबर

काठमाडौँ । विदेशबाट उत्पादित २५ बस्तुलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।


एनएस चिन्ह प्राप्त गर्नेमा भारत र चीनमा उत्पादित वस्तुहरु रहेका छन् । आर्थिक बर्ष २०७४÷००७५ मा विगभाले यी दुवै मुलुकको २० वटा उद्योगबाट उत्पादित बस्तुहरु


१३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् ।


त्यसैगरी विभागले स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्याँस ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोसियट्स र दिल्ली एलपिजी लगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ ।


विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिन्ह प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिन्ह प्रदान गर्न शुरु गरेको हो ।


यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिन्ह प्रदान गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD