काठमाडौं । काठमाडौंमा आज बुधवार सार्वजनिक विदाका दिन चलेका सरकारी सवारी साधनहरु राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले नियन्त्रणमा लिई ट्राफिक प्रहरीलाई बुुझाएको छ ।
युवा संघले सार्वजिनक बिदामा बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो ।
काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्यविनायक र ललितपुरमा सडक संघर्ष गरेको संघको महानगर कमिटीले बताएको छ ।
उनीहरुले १३ वटा सवारी साधन र दुइटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको छ ।
Categorized in समाज