७ जेठ २०८१, सोमबार
Header

विज्ञापन समाग्री बाड्ने ६१ जनालाई काठमाडौं महानगरले गरयो कारवाही


प्रकाशित: शुक्रवार, २९ बैशाख २०८०, १४ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरक्षेत्र भित्र विभिन्न किसिमको विज्ञापन समाग्री बाड्ने ६१ जनालाई कारवाही गरिएको छ । 


महानगर प्रहरी बलले परीक्षा केन्द्र बाहिर बसेर अनधिकृत रुपमा प्रचार सामग्री वितरण गर्नेहरुलाई पक्राउ गरी कारवाही गरेको महानगरपालिकाले जनाएको छ । 


पक्राउ पर्नेहरुको संस्था पहिचान अहिले प्रति संस्था ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । 


पक्राउ पर्नेहरुलाई महानगरले बागदरवारस्थित प्रहरी बलको कार्यालयमा ल्याएर जरिवाना हो । पक्राउ पर्नेहरुले कक्षा १२ को परीक्षापछि विद्यार्थीहरुलाई आफूतिर आकर्षित गर्नका लागि क्याम्पस र वैदेशिक शिक्षा तथा अन्य कक्षा सम्बन्धी प्रचार सामग्री बाँडिरहेका थिए । 


वाँडिएका सामग्री प्राप्त गर्नेले आफूले पाएको पर्चा सडकमा हुत्याउने र यसबाट सडक फोहोर भई सहरी सुन्दरन्तामा नकारात्मक असर पर्ने महानगरले जनाएको छ । 


काठमाडौँ महानगरपालिकाले जारी गरेको वाह्य विज्ञापन नियमन निर्देशिका — २०७९ अनुसार  विभिन्न स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ्, पोष्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, व्यानर टाँस्ने माध्यमलाई अनुमति दिइने छैन । 


निर्देशिकाले सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा वाह्य बिज्ञापन गर्न निषेध गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD